२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघले भन्यो : ‘गाजामा युद्धविराम कायम राख्नु जीवन रक्षाका लागि अत्यावश्यक’

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवन रक्षाका लागि अत्यावश्यक’ ठहर गर्दै मंगलबार सबै सीमा नाकाहरू खुला गर्न इजरायल र सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का मध्यपूर्व प्रवक्ता अबीर एटेफालेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने “युद्धविराम कायम रहनु अत्यन्त महत्त्वपूर्ण छ : वास्तवमा यही एक मात्र उपाय हो जसले गाजाको उत्तर भागमा फैलिँदो भोकमरीलाई रोक्न र जनजीवन बचाउन सक्छ ।”

इजरायली सेनाले युद्धविराम उल्लंघन गरेको भन्दै गाजामा घातक हवाई आक्रमण गरेपछि अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागु भएको इजरायल-हमास युद्धविराम आइतबार पुनः संकटमा परेको थियो ।

प्रवक्ता एटेफालेले युद्धविराम लागू भएपछि ५३० वटा डब्लुएफपी ट्रकहरूले गाजामा प्रवेश गरी करिब छ हजार ७०० टनभन्दा बढी खाद्यान्न पुर्‍याएको जानकारी दिए । यसबाट करिब पाँच लाख मानिसलाई दुई साताका लागि पर्याप्त खाद्य उपलब्ध गराइएको छ ।

अहिले दैनिक करिब ७५० टन खाद्यान्न गाजामा आइरहेको भए पनि यो मात्रा डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै निकै कम रहेको उनले बताए । “ट्रकहरू अघि बढिरहेका छन्, गोदामहरूमा खाद्यान्न पुगेका छन् र वितरण मर्यादित तथा व्यवस्थित ढङ्गले भइरहेको छ”, प्रवक्ताले जोड दिँदै भने ।

हाल डब्लुएफपीले गाजामा २६ वटा खाद्य वितरण केन्द्र सञ्चालनमा ल्याएको छ। यो गत शुक्रबारको पाँच केन्द्रभन्दा वृद्धि भए पनि संगठनले सञ्चालन गर्न चाहेको १४५ केन्द्रभन्दा अझै धेरै कम हो । अधिकांश वितरण केन्द्रहरू गाजाको दक्षिण र केन्द्र भागमा रहेका छन् ।

“जनताको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ”, उनले भने, “सहायता पाउँदा नागरिकहरू आभारी छन् र वितरण प्रक्रिया पनि सम्मानजनक तथा द्रुत गतिमा भइरहेको छ ।”

डब्लुएफपीले सञ्चालन गर्न चाहेका ३० मध्ये हाल नौ वटा बेकरी चलिरहेका छन्, जसका लागि पर्याप्त गहुँको पिठो सीमाबाट प्रवेश गर्न आवश्यक छ । “हामी अहिलेका अवस्थामा ५० हजार मानिसलाई ताजा रोटी वितरण गर्न सफल भएका छौँ”, उनले भने “सबैभन्दा राम्रो कुरा के हो भने हामी सबैभन्दा कमजोर वर्गका मानिसहरू-महिला प्रमुख घरपरिवार र वृद्धहरूसम्म-सहायता पुर्‍याउन सक्षम भएका छौँ ।”

उनका अनुसार गाजाका अधिकांश नागरिक अहिले ‘बाँच्ने उपाय’ मा छन् । “उनीहरू सीमित मात्रामा प्राप्त खाद्य पदार्थ खाँदै बाँकी सुरक्षित राखिरहेका छन्, किनकि युद्धविराम कहिले भंग हुने हो भन्ने चिन्ता गहिरो छ”, उनले भने

प्रवक्ताले डब्लुएफपीका ट्रकहरू हाल केवल केरेम शालोम र किसुफिम नाकाबाट प्रवेश गरिरहेको बताउनुभयो र गाजाका सबै सीमा विन्दुहरू, विशेषतः उत्तरतर्फका नाकाहरू तत्काल खोल्न आग्रह गरे । “उत्तर गाजामा खाद्य अवस्थाहरू अत्यन्त डरलाग्दा छन्”, उनले चेतावनी दिँदै भने, “ती सीमा नाकाहरू कहिले खुल्ने भन्नेबारे अहिले कुनै निश्चित संकेत छैन ।”