२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

अ+ अ-

भोजपुर । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ वटा महिला समूहले गड्यौला मल उत्पादन थालेका छन् । महिलाहरूलाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यले यो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताए। 

महिलाहरूलाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको उनको भनाइ छ । “महिलाहरूलाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ” उपाध्यक्ष राईले भने, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ वटा महिला समूह गड्यौँला मल उत्पादनमा लाग्नुभएको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।”

यो कार्यक्रम आबद्ध महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उनले जानकारी दिए । “रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अग्र्यानिक उत्पादनमा जोड दिनु हो ।”

किसानले उत्पादन गरेको गँड्यौला मल प्रतिकेजी रु २२ मा गाउँपालिकाले खरिद गरी दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई माग आधारमा अनुदानमा वितरण हुँदै आएको उनको भनाइ छ ।