२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्याल र शंकर पोखरेलबिच सामाजिक सञ्जालमा चर्काचर्की ‘ तथ्यहीन कुरा नगर्न चेतावनी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमालेका महासचिव शंकर पोखरेल र गृहमन्त्री ओम प्रकाश अर्यालबिच सामाजिक सञ्जाल फेसबुकमा चर्काचर्की परेको छ । 

महासचिव पोखरेलले जेनजी आन्दोलनको घटना दोषीमाथि कारवाही गर्न प्रहरीलाई गृहमन्त्रीले रोकेको आरोप लगाएपछि गृहमन्त्री अर्यालले तथ्यहीन कुरा नगर्न र जिम्मेवार बन्न पोखरेललाई सचेत गराएका छन् ।

महासचिव पोखरेलले आफ्नो फेसबुक स्ट्याटसमा ‘२३ र २४ गतेका हिंसा, तोडफोड, आगजनी र लुटपाटका घटनालाई सामान्यीकरण गर्ने प्रयास गलत हो’ भन्दै दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका थिए । उनले थप लेखेका थिए, ’विध्वंस र लुटपाटमा संलग्नलाई नेपाल प्रहरीले कारबाही गर्न खोज्दा गृहमन्त्रीलाई प्रयोग गरेर रोक्न लगाउने बालेनजीले राजनीतिक दलहरूलाई दोषारोपण गरेर पानीमाथिको ओभानो’ बन्न खोज्नु हास्यास्पद छ।’ पोखरेलले नेपाल प्रहरीलाई स्वतन्त्र ढंगले अनुसन्धान र अभियोजन गर्न दिनुपर्ने बताउँदै नेकपा (एमाले)को पूर्ण सहयोग रहने बताएका थिए ।

पोखरेलको यस आरोपको जवाफमा गृहमन्त्री अर्यालले पोखरेलको सोही फेसबुक पोस्टमा प्रतिक्रिया दिँदै कडा शब्दमा खण्डन गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय शंकरजी, मेरो कर्तव्य पालनाको विषयमा तपाई यसरी तथ्यहीन कुरा नगर्नुस् है । मैले सत्य तथ्य कुरा सार्वजनिक रूपमा बताइसकेको छु, तपाईँलाई पनि भनिसकेको छु । अनि फेरि उही झुट किन दोहोर्‍याउनु हुन्छ ?’

गृहमन्त्री अर्यालले एमाले महासचिव जस्तो जिम्मेवार व्यक्तिले ’सत्य तथ्य बुझिबुझी फेरि पनि यति धेरै हावादारी नबन्न’ आग्रह गरेका छन्। उनले ’समाजमा हावादारीरगफाडी भँडुवाहरूको कमी छैन’ भन्दै पोखरेललाई त्यसमा नथपिन अनुरोध घुमाउरो पारामा चेतावनी दिएमा छन् । गृहमन्त्री अर्यालले स्थिति सामान्यीकरण गर्न मद्दत गर्न आग्रह गर्दै सरकार मार्फत शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा, सुशासन, भ्रष्टाचार निवारण, कानुनी राज्य र निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।