२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी मागेको नक्कली विज्ञापन देखाएर ठगी, २७ जनाले प्रहरीमा दिए उजुरी

अ+ अ-

काठमाडौँ। जिल्ला अदालत मोरङले कर्मचारी मागेको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको छ । सरकारी जागिर लगाइदिने प्रलोभनमा एउटा गिरोहले अदालतको नक्कली विज्ञापन देखाएर ठगी गरेको खुलेको हो ।

२७ जनाले पीडितले ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका छन् । पुनमदेवी साहको नाममा ठगी भएको पाइएको मोरङ प्रहरीले जनाएको छ ।

ठगिएकाहरूको जाहेरी आएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार यो गिरोहले सप्तरी जिल्लामा पनि ठगी गरेको देखिएको छ ।

मोबाइलमा अदालतमा करार कर्मचारीको विज्ञापन खुलेको भन्दै विज्ञापन देखाउँदै साहको समूहले २ हजार ५ सयदेखि २० हजारसम्म संकलन गरेको देखिएको छ ।

जागिर लगाइदिने भन्दै केही व्यक्तिसँग २ लाखसम्म असुल गरेको पीडितको दाबी छ ।

तर सबै  उजुरीका लागि पुगेका छैनन् । ठगी गर्ने गिरोहले पीडितलाई बाहिर बोले ज्यान मार्ने धम्की पनि दिइरहेको पीडितको गुनासो छ ।

ठगी गर्ने गिरोहले २०८२ साउन १२ गतेको मितिमा नायव सुब्बा १५ जना, कार्यालय सहयोगी २२ जना र सवारी चालक ५ जनाको विज्ञापन खुलेको भन्दै  ठगी गरेको थियो । यो गिरोहले कर्मचारीको नक्कली परिचय पत्र पनि बनाउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार विज्ञापन अनुसार आफूले जागिर लगाएको कर्मचारी भन्दै उनीहरूले नक्कली परिचय पत्र  देखाएर आकाक्षीसँग पैसा असुल गरेको देखिन्छ ।

गिरोहले जागिर लगाएको भन्दै देखाएको परिचयपत्रमा प्रशासन अधिकृत भनेर केदारनाथ पौडेलको नाम र हस्ताक्षर उल्लेख छ । पीडितहरू सुरुमा जिल्ला अदालत पुगेका थिए ।