२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् नेकपा एसको बैठकमा एकताका लागी प्रमेश हमालले राखेका तीन आधार

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीका नेता तथा एकता वार्ता कमिटीका सदस्य प्रमेश हमालले माओवादी केन्द्रसँग गरिने एकताका तीन आधारमा प्रस्तुत गरेका छन् । उनले एकताको अपरिहार्यताबारे आफ्नो धारणा राखेका हुन् ।

माओवादी केन्द्रसँगको वार्तामा एकताका निम्ति पहिलो शर्त समाजवादी क्रान्ति सम्पन्न गर्न शान्तिपूर्ण बाटो अपनाउने रहेको उनले बैठकमा बताए । दोस्रो आधारका रूपमा सम्मानजनक सांगठनिक एकता रहेको सुनाए । र, तेस्रोमा नेतृत्व परिवर्तनको विषय रहेको सुनाए ।

पार्टी एकतापछि ६ महिनाभित्र प्रक्रियामार्फत नेतृत्व परिवर्तन गर्ने कुरा घनिभूत रूपले चलेको उनले बताए । उनले भने, ‘यो कुरा माधव कमरेड र प्रचण्ड कमरेडले पनि बुझ्नुभएको छ ।’ एमालेबाट गरिएको विद्रोहलाई ‘बाध्यता’ भन्दै हमालले अहिले माओवादी केन्द्रसँग गरिन लागेको एकतालाई ‘उद्देश्य’ का रूपमा बुझ्नुपर्ने बताए ।

उनले भने, ‘समाजवादी क्रान्तिलाई ठुलो शक्ति चाहिन्छ, त्यसका लागि एकता अपरिहार्य छ ।’ नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न एकतामा जाने भन्दै उनले भने, ‘नेतृत्व परिवर्तन अनिवार्य छ, त्यो हामी गर्छौँ ।’