२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष महाधिवेशन पक्षधर नेताहरूले शेखरलाई भेटे, चुनावअघि नै नेतृत्व फेर्नुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले इतर पक्षका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन्।

आज सोमबार विशेष महाधिवेशनको अगुवाइ गरिरहेका नेता गुरुराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसेलगायत नेताहरूले नेता कोइरालासँग भेट गरेका हुन्।

भेटमा पार्टीले नियमित महाधिवेशन गर्न समस्या हुने भएको भन्दै विशेष महाधिवेशनको मिति तोक्नुपर्ने कुरा राखेको नेता घिमिरेले बताए। अहिले काँग्रेसभित्रको समस्या समाधान गर्नको लागि विशेष महाधिवेशनको विकल्प नभएको उनीहरूको भनाइ छ। तर, जवाफमा कोइरालाले आफूले समन्वयकारी भूमिका खेलिरहेको जवाफ दिए।

कोइरालाको भनाइ थियो, ‘महाधिवेशनको विषयलाई लिएर अहिले दुई थरी धारणा छ, त्यसमा कुरा मिलिरहेको छैन। दुई थरी कार्यतालिका नआओस् भनेर मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छ।’

विशेष महाधिवेशन पक्षधरले भोलि काठमाडौँमा बेग्लै भेला राखेका छन्। संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वय पुस दोस्रो साताभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गरेर चुनावअघि नै नेतृत्व फेर्नुपर्ने पक्षमा छन्।

दुई पक्षले अडान नछाड्दा केन्द्रीय समिति बैठक बिहिवारदेखि निरन्तर स्थगित हुँदै आइरहेका छन्। यो टोलीले शनिवार कार्यवाहक सभापति खड्कासँग पनि छलफल गरेको थियो।