काठमाडौँ । सांसदहरूसँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको स्वकीय सुविधा पनि खोसिएको छ ।
सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को अनुसूची दुईमा हेरफेर गरेर प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो ।
संंघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ को दफा २५ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सक्ने उल्लेख छ ।
यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची दुई को क्रमसंख्या २ र ३ मा हेरफेर गर्दै उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षले पाउँदै आएको स्वकीय सुविधा खोसेको हो ।
उक्त ऐन अनुसार उपसभामुख र उपाध्यक्षले स्वकीय सचिव रा.प.द्धि. एक-एक जना पाउँदै आएका थिए । स्वकीय सुविधा खोसिए तापनि उपसभामुख र उपाध्यक्षले पाउने अन्य सुविधा यथावत् छ । जस अन्तर्गत दुवैले एक-एक जना कम्युटर अप्रेटर, दुई/दुई जना सवारी चालक, दुई/दुई जना कार्यालय सहयोगी पाउँछन् ।
यसका अलावा एउटा/एउटा प्रिन्टरसहितको कम्युटर, दुईरदुई वटा साइकल, अतिथि सत्कार खर्च प्रति महिना दुईरदुई हजार, अंग रक्षक पदिक एक/एक जना, विल्लादार गार्ड एक/एक जना पाउँछन् ।
सांसदहरूले पाउँदै आएको स्वकीय सुविधा पनि खोसिएको छ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभामा २७५ जना र राष्ट्रिय सभामा ५९ जना सांसद् हुन्छन् ।
राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्तापक्षको नेता र सत्तापक्षको मुख्य सचेतकले पाउँदै आएको एक-एक जना स्वकीय सचिव रा।प।द्धि।को सुविधा पनि खोसिएको छ ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षले पाउने सुविधाहरू भने यथावत् छ ।








