काठमाडौँ । सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेन जेड आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसपी पवन भट्टराईले बताए ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ । उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।







