काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘जेन जेड’ आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्न रहेको ठानिएका व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै २४ करोड रुपैयाँ मागदाबीसहित प्रहरीमा मुद्दा दर्ता गरेको छ।
आयोगका अनुसार तोडफोडका क्रममा सार्वजनिक सम्पत्ति नोक्सानी पुगेको र त्यसको क्षतिपूर्तिका लागि मागदाबी गरिएको हो।
अख्तियारले तोडफोड र सम्पत्ति नोक्सानीमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो
यसअघि सर्वोच्च अदालतले पनि प्रहरीमा जाहेरी दिएको थियो ।







