काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।
माई नगरपालिका-८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका-१० गैरी गाउँ बस्ने २० वर्षीया निशा राई र गुल्मीको हस्ति चौर गाउँपालिका-२ का २२ वर्षीया आयुषा कुमाललाई गैरी गाउँबाट पक्राउ गरिएको हो ।
हाल दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।







