काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले १२ कात्तिकमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।
रानाभाटले दिएको राजीनामा कानुनी प्रावधान अनुसार आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाएका थिए ।







