२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा दैनिक ४० राहदानी वितरण

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको कोटा निर्धारण गरेको छ । कार्यालयमा हाल राहदानी विभागबाट एक वटा मात्र स्टेशन प्राप्त भएको र सोही एक स्टेशनमार्फत् सेवा प्रवाह भइरहेकाले शुक्रबार बिहान १०:३० बजेदेखि (प्रत्येक शुक्रबार) प्रत्येक हप्ताका लागि ४० वटाको सङ्ख्यामा राहदानीका लागि अनलाइन कोटा खोलिएको कार्यालयले जनाएको छ । 

जेन जेड आन्दोलनका क्रममा कार्यालयमा भएको तोडफोड र आगजनीका कारण राहदानी शाखामा भएका विद्युतीय राहदानी सेवा सम्बन्धी सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । राहदानी विभागबाट एक वटा मात्रै स्टेशन प्राप्त भएको र सेवाग्राहीको चाप उच्च रहेकाले विद्युतीय राहदानीका लागि आवेदन प्रविष्टि, प्रमाणित र वितरणका लागि कोटा निर्धारण गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । 

राहदानीको विषयमा अनाधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिहरूबाट हुनसक्ने ठगीबाट सावधान रहन कार्यालयले आग्रह गरेको छ । 

विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग भएको सम्झौता अनुसार आगामी फागुन ११ बाट राहदानी पुस्तिका सहज आपूर्ति हुने हुँदा अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्र राहदानीका लागि आवेदन गर्न राहदानी विभागले सूचना जारी गरेको छ ।