काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता घनश्याम भुसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् ।
आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहने गरी भुसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् ।
पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ ।
अहिले आयोगमा यो निवेदनउपर कागजात रुजु गर्ने प्रक्रिया चलिरहेको छ । चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।
अन्य २३ जना सदस्यहरूको नाम पनि आयोगमा बुझाइएको छ ।







