२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन

अ+ अ-

मटिहानी, महोत्तरी । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिका–८ स्थित राम माध्यमिक विद्यालयमा निर्माण सम्पन्न चार कोठे पक्की भवनको आज एक औपचारिक समारोहकाबीच मटिहानी नगर प्रमुख हरि प्रसाद मण्डलज्यूद्वारा उद्घाटन गरिएको छ।

कार्यक्रममा प्राविधिक दिनेश साहले भवन निर्माणमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट रू. ४५ लाख र मधेश प्रदेश सरकारको विशेष अनुदानबाट रू. १८ लाख गरी जम्मा रू. ६३ लाख खर्च भएको जानकारी दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख मण्डलले शिक्षाको गुणस्तरीय सुधारका लागि पूर्वाधार निर्माण अपरिहार्य भएको बताए । उनले भने “आधारभूत संरचना निर्माणसँगै सिकाइमा सुधार, विद्यार्थीमैत्री वातावरण र विद्यालयको समग्र विकासमा नगरपालिका निरन्तर प्रतिबद्ध छ। यस्तो पूर्वाधारले सिकाइ सहज बनाउने र विद्यार्थीहरूको भविष्य सुदृढ गर्ने विश्वास लिएको छु।”

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य रामलखन पंजियार, मटिहानी नगरपालिका वडा नं. ६, ७ र ८ का वडा अध्यक्ष क्रमश: कलीम अन्सारी, जितनारायण माझी र रितेश साह, नगर कार्यपालिका सदस्यहरू, पूर्ववडाअध्यक्ष गणेश प्रसाद साह, राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, व्यवसायी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय समुदायले उक्त भवन निर्माणले विद्यालयको पूर्वाधार सुदृढ हुनाका साथै विद्यार्थीहरूको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।