२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको जिकिर : ‘जेन जेड आन्दोलन कुनै क्रान्ति होइन, उपद्रव हो’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलन कुनै क्रान्ति नभएको भन्दै उपद्रवको संज्ञा दिएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भने, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो ।’

उनले क्रान्ति भन्ने कुरा सकारात्मक नतिजा दिने गरी हुनुपर्ने बताउँदै २३ र २४ गते के प्रगति भयो ? भन्दै प्रश्न गरे ।

‘क्रान्ति भनेको त गरिराख्नुपर्छ । क्रान्ति भनेको राम्रो कुरा हो । सकारात्मक नतिजा दिन्छ समाजलाई । २३ र २४ गते हामीले त्यो प्रगति पायौँ ?,’ उनले भनेका छन् ।