२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताँजाकोटले सुरु गर्‍यो आफ्नै प्रशासकीय भवनबाट सेवा

अ+ अ-

काठमाडौँ। दक्षिणी क्षेत्रको ताँजकोट गाउँपालिकाले आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । चार वर्ष समय लगाएर भवनको निर्माण कार्य पुरा भए पनि गाउँपालिकाले भाडाको घरमा रहेको कार्यालय नयाँ भवनमा सारेसँगै आफ्ना सेवा प्रदान गर्न सुरु गरिएको हो ।

तीन तले ३२ वटा कोठाबाट गाउँपालिकाले आफ्नो सेवा प्रदान सुरु गरेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । चार वर्ष समय लगाएर ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको हो ।

भवनबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, लेखा, योजना, महिला तथा बालबालिका, उद्यम विकास लगायतका पन्द्र वटा शाखाहरूका सेवाहरू एक साथ प्रवाह हुन थालेको उनले भनाइ छ । अब अधिकांश शाखाको काम नयाँ निर्माण गरिएको प्रशासकीय भवनबाटै प्रदान गर्न थालेपछि सेवाग्राहीलाई पनि सहज भएको उनले बताए । त्यसैसरि कार्यपालिका बैठकका लागि सभा हल, अन्य बैठकका लागि सभा हल पनि भवन भित्रै निर्माण गरिएको छ ।

भवनमा डिजिटल बोर्डबाट सूचना प्रवाह गर्ने कार्य पनि सुरु भएको छ । भवन भित्रै तीन वटा कोठामा अतिथि गृहको पनि व्यवस्था गरिएको छ । भवनबाट सेवा प्रदान गर्न सुरु भएपछि भाडामा लगिएका भवनहरू समेत खाली गरिएको कारण गाउँपालिकालाई आर्थिक ब्यहभार समेत घटेको छ । यसअघि उक्त गाउँपालिकाले मासिक एक लाखसम्म घर भाडा तिर्दै आएको थियो ।

प्रशासकीय भवनसम्म सडक निर्माण भएर सञ्चालनमा आएको कारण सबै प्रवाह प्रदायक र सेवाग्राहीलाई पनि सहज भएको छ । यो संघीय सरकार र गाउँपालिकाको लग साझेदारीमा निर्माण कार्य भएको हो । यसका लागि करोड २७ लाख लागत लागेको छ । यो भवन पूर्ण रूपमा आसिसि भएको र माथिल्लो तला भने जस्तापाता छापिएको छ ।