काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँस्थित लुप नेटवर्कस् लिमिटेडलाई प्रदान गरिएको इन्टरनेट सेवाको अनुमतिपत्र खारेज गरेको छ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कात्तिक ३० गतेदेखि लागू हुने गरी अनुमतिपत्र खारेज गरिएको जानकारी दिएको हो।
सूचनाअनुसार, २०७३–०४–०२ मा प्रदान गरिएको ‘इन्टरनेट (इमेल सहित) सेवा’ र २०७९–०४–०४ मा प्रदान गरिएको ‘नेटवर्क सेवा प्रदायक’ को अनुमतिपत्र खारेज गरिएको छ।
प्राधिकरणले उक्त कम्पनीलाई नियमानुसार तिर्न, बुझाउनुपर्ने रकमका सम्बन्धमा सूचना जारी भएको मितिले ३० दिनभित्र सम्पर्क गर्न सूचित गरेको छ। तोकिएको समयमा सम्पर्क नगरेमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने ब्यहोरा समेत सूचनामा उल्लेख छ।








