२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

अ+ अ-

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी निषेधित क्षेत्रको पदयात्राका लागि कम्तीमा दुई जनाको समूहमा मात्र विदेशी पर्यटक जान पाउने हालको व्यवस्थालाई परिवर्तन गरी एक जना मात्र जाने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

टानले संघीय सरकारको मंगलबारको मन्त्रिपरिषद्को निर्णयबमोजिम अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरी माथिल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम गरेकोप्रति सरकारलाई धन्यवादसमेत दिएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले सडक सञ्जालको निर्णयका कारण निषेधित क्षेत्रमा गरिने पदयात्राको अवधि छोट्टिएका कारण पर्यटकले निषेधित क्षेत्रमा बिताउने वास्तविक दिनका आधारमा पदयात्रा अनुमति दस्तुर लिने व्यवस्था टानले लामो समयदेखि उठाउँदै आएको जानकारी दिए ।

माथिल्लो मुस्ताङजस्तै माथिल्लो डोल्पा क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई पनि पदयात्रा अनुमति पत्र लिनुपर्ने हालको नियमलाई परिमार्जन गरी पर्यटकको वास्तविक बसाइँ अवधिका आधारमा शुल्क लिने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे ।