२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने गृहमन्त्रीलाई सुदन गुरुङको चेतावनी

अ+ अ-

काठमाडौँ । हामी नेपालका संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूहरूको मौनतालाई कमजोरी नठान्न भन्दै जनआन्दोलनको ज्वालामुखी उठाउने चेतावनी दिएका छन् ।

मध्यरातमा सामाजिक सञ्जालमा ‘द काउन्सिल अफ जेन जेड’ को व्यानरमा आफ्ना धारणा राख्दै गुरुङले हिजोको सिमरा घटना गृहमन्त्रीको लाचारीपनले भएको आरोप लगाएका छन् । जेन जेडको शान्तिपूर्ण कार्यक्रममा एमालेद्वारा परिचालित ‘गुण्डा’ प्रवेश गरी अपमान र कुटपिट गरेको उनको दाबी छ ।

सुदनको भनाइ छ,’गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट, र जेन जेड भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो। यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरूलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देश प्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने “मलाई पनि पक्राउ गर” राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।

हत्याराहरूले हामीलाई खुल्ला चुनौती दिँदै हिँड्ने र सरकार चुप बस्ने हो भने यो ज्वालामुखीको उभार ठुलो हुने वाला छ । हेक्का रहोस् । आज देखिएको प्रतिक्रिया त केवल एउटा झल्को मात्रै हो के हुन सक्छ भन्नेको। हाम्रा दाजुभाइहरूलाई छोएर कसैलाई खेल्न दिने छैनौँ । हाम्रो मौनतालाई कमजोरी नठान्नू ।

पछिल्लो समय गुरु मन्त्री अर्यालविरुद्ध खरो सुनिँदै आएका छन् ।