२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले महाधिवेशन भाँड्ने प्रयास भइरहेको भन्दै ओलीले दिए सफल हुन नदिने चेतावनी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न महाधिवेशन भाँड्ने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास भइरहेपनि त्यसलाई सफल हुन नदिने चेतावनी समेत दिए ।

एमालेका महाधिवेशन यही मंसिर २७, २८ र २९ गते काठमाडौँमा हुँदै छ । अध्यक्ष ओलीले सो महाधिवेशन भव्यताका साथ सम्पन्न हुने दाबी समेत गरे ।

‘म देख्दै छु, सुन्दै छु । त्यसलाई भाँड्नका लागि विभिन्न प्रयासहरू भइरहेका छन् । म सबैलाई चेतावनी भनौँ कि चेतावनी भन्ने शब्द अलि चर्को हुन्छ भने सबैलाई म भन्न चाहन्छु–त्यस प्रकारको सोच नै नबनाउनुस् । नेकपा एमालेको महाधिवेशन भाँड्ने सोच नबनाउनुस् । एमाले आफ्नो महाधिवेशन गर्छ । आफ्ना ठाउँमा बसेर गर्छ,’ ओलीले भनेका छन् ।

सो महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा सम्पन्न गर्नुपर्ने पनि उनको भनाइ थियो ।

‘महाधिवेशन अत्यन्तै भव्यताका साथ सम्पन्न हुनेछ । अरू थप कुरा मैले अहिले केही भनिरहनु पर्दैन । नेपाली जनताले नेकपा एमालेको महाधिवेशनलाई आउँदो मंसीर २७, २८ र २९ गते हुने महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन्,’ उनले भने, ‘नेकपा एमाले यस कुरा सजग छ । अव म चाहन्छु–यस महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ । फराकिलो मन, फराकिलोपनका साथ यस महाधिवेशनलाई लैजाऔँ ।’

अध्यक्ष ओलीले एमालेले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमानलाई अझै उचाइमा पुर्‍याउने दाबी समेत गरे ।