२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीले बोलाइन् मन्त्रिपरिषद् बैठक, आजै नयाँ मुख्यसचिव नियुक्त हुने सम्भावना

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएसँगै सिंहदरवारमा कर्मचारीयन्त्रमा नयाँ नेतृत्वको चर्चा शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मध्यान्ह ३ बजे बस्न लागेको बैठकले मन्त्रालयका केही नियमित एजेन्डासँगै स्थायी सरकारसमेत मानिने प्रशासनिक संरचनाको सर्वोच्च पद-मुख्यसचिव नियुक्ति पनि गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

हालका मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार(भोलि) राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सरकारको सम्भावना प्रबल रहेको ती स्रोतले विशेष ब्युरोलाई जानकारी दिए ।

मुख्यसचिवको दौडमा अहिले तीन नाम प्रमुख रूपमा चर्चामा छन्-सुमन अर्याल, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर। योग्यताको मूल्याङ्कन र प्रशासनिक अनुभवलाई आधार बनाउँदै सरकारले नयाँ मुख्यसचिव चयन गर्ने संकेत उच्च स्रोतबाट प्राप्त भएको छ।

मुलुक जटिल संक्रमणबाट गुज्रिरहेको वर्तमान परिस्थितिमा आन्तरिक–बाह्य राजनीतिक तथा प्रशासनिक चुनौतीहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न सक्षम, अनुभवी नेतृत्व आवश्यक छ। यसका लागि कर्मचारीयन्त्रदेखि राजनीतिक तहसम्म सबै पक्षसँग सन्तुलित र सक्रिय समन्वय गर्न सक्ने क्षमता निर्णायक क्षमता भएको पात्र नै मुख्यसचिव नियुक्ति हुन जरुरी रहन्छ ।