२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसमा नियमित र विशेष महाधिवेशन मागकर्ताबीच छलफल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसमा चुनावअघि नियमित महाधिवेशनको पक्षमा रहेका संस्थापन पक्षका केन्द्रीय सदस्य र विशेष महाधिवेशन पक्षधरले छलफल गरेका छन् ।

दुई पक्षबीच सोमबार बिहान करिब चार घण्टा छलफल भएको केन्द्रीय सदस्य आंगेलु शेर्पाले जानकारी दिए । सभापति देउवा पक्षका २७ केन्द्रीय सदस्यले चुनावअघि नियमित महाधिवेशन गर्नुपर्ने मागसहित पार्टी शीर्ष नेताहरूलाई भेट्दै आएका छन् ।

सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर उनीहरूले निर्वाचन अघि नै १५औँ महाधिवेशन गर्नुपर्ने माग उठाएका थिए ।

संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई आइतबार भेटेर उनीहरूले सोही मागका लागि दबाब बढाउन आग्रह गरेका थिए । उनीहरूले आज विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियानको अगुवाइ गर्ने नेताहरूलाई भेटेका हुन् ।

केन्द्रीय सदस्य शेर्पाले दुई पक्षको छलफलमा आफूहरूले चुनावअघि महाधिवेशन गर्नुपर्ने विषय राखेको जानकारी गराए । विशेष महाधिवेशन पक्षधरले भने समय धेरै घर्किसकेको हुँदा अब विशेषमै जोड दिएको शेर्पाले बताए ।

मंसिर ११ गतेको केन्द्रीय समितिको बैठकले महाधिवेशनबारे गर्ने निर्णय प्रतीक्षा गरेर फेरि छलफल गर्ने कुरा भएको शेर्पाले जानकारी गराए । उनले भने, ‘महाधिवेशन नगरी चुनावमा जान सकिन्न भन्नेमा हामी सबै एकमत छौँ।’

छलफलमा विशेष महाधिवेशनका पक्षधर नेताहरू गुरुराज घिमिरे, देवराज चालिसे, जनक गिरी, सुवास पोखरेल, नारायण भट्टराई, बलदेव तिमिल्सना, युवराज पाण्डे लगायत सहभागी थिए ।

छलफलमा सहभागी विशेष महाधिवेशनका अगुवाइ गर्ने तिमिल्सिनाले भने, ‘उहाँहरूले नियमित महाधिवेशन गर्न सकिन्छ । फास्ट ट्रयाकबाट हुने गरी कार्यतालिका ल्याउन सकिने बताउनु भयो । हामीले समय धेरै घर्किएको हुँदा अब विशेषको महाधिवेशनको विकल्प नभएको बत्तायौँ ।’