२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको विकल्प नसोच्न काँग्रेसलाई राष्ट्रपतिको सुझाव

अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनको वैकल्पिक बाटो कल्पना नगर्न सुझाव दिएका छन् ।

सोमबार भेटघाटका लागि शीतलनिवास पुगेका काँग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका केही नेताहरूसँग उनले २१ फागुनका लागि तय भएको निर्वाचनबाहेक अन्य वैकल्पिक बाटोको कल्पना नगर्न सुझाव दिएका हुन् ।

‘चुनाव हुन्छ । तपाईँहरू चुनावमा जानुस् । चुनावभन्दा अर्को वैकल्पिक बाटो कल्पना पनि नगर्नुस्,’ भेटमा सहभागी काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने ।

राष्ट्रपति पौडेल निर्वाचनबाटै मुलुकलाई निकासतर्फ लैजानु पर्ने पक्षमा रहेका उनको भनाइ छ । ‘चुनाव हुन्छ, चुनावबाटै निकास निकाल्नुपर्छ भन्ने मान्यता छ उहाँको,’ प्रदेश सभापति पुनले भने ।

राष्ट्रपति पौडेलले काँग्रेसका नेताहरूलाई मिलेर जान र नेतृत्वलाई व्यवस्थित गर्न पनि सल्लाह दिएका छन् । राष्ट्रपतिसँगको संवाद मुख्यतया राजनीतिक निकास र समयमै निर्वाचन गराउने विषयमा केन्द्रित रहेको सभापति पुनको भनाइ छ ।

‘तपाईँहरू मिलेर जानुस् र काँग्रेसलाई पनि सुधारेर लैजानुस्,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै पुनले भने, ‘नेतृत्वसँगको सल्लाहमा निकास निकालेर विधानसम्मत नेतृत्व चयन गर्नुस् ।’

नेताहरूले निर्वाचनको वातावरण निर्माणका लागि सरकारले दलहरूसँग संवाद बढाउनुपर्ने विषय पनि राष्ट्रपति समक्ष राखेका थिए ।

‘निर्वाचनको वातावरण बनाउन सरकारले अलि फरक ढंगले काम पनि गर्नु पर्छ,’पुनले राष्ट्रपतिसँगको कुराबारे भने, ‘तपाईँ अभिभावक भएकाले त्यही रूपमा सरकारलाई भन्नु पर्‍यो भन्ने कुरा राख्यौँ ।’