२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुरु घिमिरेले भने : ‘पार्टीको बैठकले संसारका कीर्तिमान भंग गरिसक्यो, निष्कर्ष निस्केन’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए ।

‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ । जम्मा २३ दिन । हाम्रो डेढ महिना पुग्दै छ,’ घिमिरेले भने, ‘संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त (असोज, कात्तिक, मंसिर) महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौँ ।’

बल्लतल्ल अहिलेसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्रै सफल भएको उनको भनाइ छ । ‘बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौँ । त्यसपछि निर्वाचनमा भाग लिने भयौँ,’ घिमिरेले भने ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि (बिहीबार) बस्ने भनिएको छ । तर, भोलिको बैठक पनि सर्ने हल्ला भएको उल्लेख गर्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै साबित हुँदै आएको बताए ।

‘भोलि बैठक बस्ने भनिएको छ । सर्ने हल्ला पनि छ । सर्ने हल्ला नै सत्य हुन्छ । गर्ने हल्ला भन्दा सर्ने हल्ला नै सत्य हुन्छ । आजसम्म गर्ने हल्ला सत्य भएको छैन,’ घिमिरेले भने ।