२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन कुमार थापालाई पार्टीको नेतृत्व दिनुपर्ने काँग्रेस विशेष महाधिवेशन पक्षधरको निचोड

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसमा विशेष महाधिवेशन पक्षधरहरूको विशेष भेलाले महामन्त्री गगन कुमार थापालाई पार्टीको नेतृत्व दिन माग गरेको छ ।

सहभागीहरूले अबको पार्टी सभापति थापालाई बनाउन माग गरेको छन् । बुधवार राष्ट्रिय सभागृहमा विशेष भेला गर्दै उनीहरूले थापालाई अबको सभापति बनाउनुपर्ने माग गरेका हुन् । यो भेलामा केन्द्रीय सदस्यहरू तथा लुम्बिनी र गण्डकी प्रदेशका पार्टी सभापति जुटेका थिए ।

‘विशेष महाधिवेशन पक्षधरको विशेष भेलामा केन्द्रीय सदस्यहरू, गण्डकी सभापति शुक्रराज शर्मा र लुम्बिनी सभापति अमरसिंह पुनसहितका नेताहरू सहभागी हुनुहुन्थ्यो’ भेलामा सहभागी विद्यार्थी नेता अनुपम जीसीले भने–‘विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशत हस्ताक्षर भएर बुझाएकाले अवमूल्यन गर्न नहुने, नियमित महाधिवेशनको समय टर्‍यो त्यही भएर विशेष नै गरेर गर्नुपर्छ । महामन्त्री गगन थापाले पेश गरेको मितिमै हुनु पर्ने निचोड भेलाले गरेको छ । ’

भेलामा नेता गुरु बरालले पुराना अनुहार बोकेर पुरानै एजेण्डा बोकेर निर्वाचनमा जान नसकिने बताउँदै यसका लागि विशेष महाधिवेशन जरुरी रहेको जनाएका थिए । उनले यति लामो समय केन्द्रीय कमिटी बैठक होल्ड गरेर अन्यौलता राख्न नहुने बताउँदै लामो समय केन्द्रीय बैठक चलाएर रेकर्ड राखेको भन्दै व्यङ्ग्य गरेका थिए ।

गण्डकी काँग्रेस सभापति शुक्रराज शर्माले अधिवेशन गर्न नसक्ने भए आफूहरूलाई जिम्मा दिन नेतृत्वलाई चुनौती दिँदै अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएका थिए ।

भेलामा सहभागी राजनीतिक विश्लेषक हरि शर्मा आम कार्यकर्ताको भावना विपरीत नेतृत्वलाई जान छुट नभएको जनाएका थिए ।

बुधबारको कार्यक्रम पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भएको थियो । नियमित महाधिवेशन सम्भव नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘आम युवाले गगन थापाको विकल्प छैन भनेका छन् । अबको विकल्प गगन थापा हो ।’

भेलामा विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका नेताहरूले पार्टी ब्याक गेयरमा नचल्ने भन्दै ड्राइभर पनि नयाँ चाहिने, यिनै पुराना अनुहार लिएर काँग्रेस चुनावमा जानु नहुने, सम्माननीय नेता नबनेर टिकट वितरण गर्नेलाई आफूहरू नेता मान्न तयार नभएको जनाएका थिए ।