२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अशोक र दर्शको शतकीय साझेदारीमा नेपालले हङकङलाई दियो २ सय ७१ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । कप्तान अशोक धामी र दर्श सुनारले सातौँ विकेटमा १ सय ८ रनको साझेदारी गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कप क्रिकेटमा हङकङलाई २ सय ७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले बिहीबार निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ७० रन बनाएको हो ।

युएईमा भइरहेको प्रतियोगितामा मध्यक्रममा अशोक र दर्शले राम्रो साझेदारी गरेपछि नेपालले हङकङलाई चुनौतीपूर्ण लक्ष्य दिएको थियो । अजमान स्थित सेभेन ड्रिस्ट्रिक ग्राउन्ड २ मा नेपालले अन्तिम ५ ओभरमा ६८ रन जोडेको थियो ।

अशोक इनिङ्सको अन्तिम बलमा ७३ रन बनाई आउट भए । उनले ५१ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । दर्श ५८ बलमा अविजित ४५ रन बनाए । उनले ३ चौका प्रहार गरे ।

ओपनरद्वय नीरजकुमार यादव २२ र वंश क्षेत्री २४ रनमा आउट भए । नीरजले २० बल खेली ३ चौका र वंशले ३४ बल खेली २ चौका प्रहार गरे । निश्चल क्षेत्री ३ रनमै आउट भए ।

सिब्रिन श्रेष्ठले ५९ बल खेली १ चौकासहित २५ रन बनाए । दिलशाद अलीले ५० बल खेली ३२ रन जोडे । रोहन विश्वकर्मा २१ बल खेली २ चौका र १ छक्का प्रहार गरी २२ रनमा आउट भएपछि अशोक र दर्शको जोडिले जमेर ब्याटिङ गरेका थिए । हङकङका अभिमन्यु गणेशन र डानियल मापले २-२ विकेट लिए ।

नेपाल यस खेल जिते समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुग्ने छ । नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो ।