२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जंगीअड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन-‘अगामी चुनावमा सबै सुरक्षा निकायहरूले समन्वयात्मक ढंगले कार्य गर्नुहोस्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समग्र सुरक्षा अवस्थाको सूक्ष्म मूल्यांकन गर्दै नेपाली सेनासहित सबै सुरक्षा निकायलाई समन्वयपूर्ण र त्रुटिरहित ढंगले खटिन निर्देशन दिएकी छिन् ।

शुक्रबार नेपाली सेनाको मुख्यालय जंगी अड्डा निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षाबारे ब्रिफिङ लिएपछि मतदातालाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउने, प्रहरी कारबाहीलाई सहज तथा सुरक्षित बनाउन सहयोग पुर्‍याउने र सबै राजनीतिक दलका गतिविधि अवरोधविहीन रूपमा सञ्चालन हुने वातावरण निर्माणमा जोड दिन आग्रह गरिन् ।

“आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन,” प्रधानमन्त्री कार्कीले भनिन्, “अघिल्ला चुनावका अनुभव र यस पटकका चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा संवेदनशीलताका आधारमा सबै निकायसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्नुस् ।”

जेन जेड आन्दोलनका क्रममा लुटिएका तथा हराएका हातहतियारको खोजी, नियन्त्रण र फरार अभियुक्त पक्राउ गर्न प्रहरीसँग घनिष्ठ समन्वय गरी कुनै कसर बाँकी नराख्न उनले सुरक्षा निकायलाई निर्देशन दिइन् । 

सो अवसरमा नेपाली सेनाले वर्तमान सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे विस्तृत प्रस्तुतीकरण दिएको थियो । साथै निर्वाचन सुरक्षामा सेनाको परिचालन योजना र कार्यान्वयन ढाँचा पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हा, मुख्य सचिव सुमन राज अर्याल, नेपाली सेनाका उच्च अधिकारी, रक्षा मन्त्रालयका प्रतिनिधि तथा रथीको उपस्थिति थियो ।