२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डमा ‘फोटो नेपाल’ को १००औँ संस्करण सुरु

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ अभियानको १००औँ संस्करण सुरु भएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बोर्डको दृश्य-संवाद अभियान फोटो नेपालको नयाँ संस्करण अन्तर्गत क्यानभासमा कलाकृति सिर्जना गरेर उद्घाटन गरेका छन् ।

फोटो नेपाल मार्फत बोर्डले नेपाल र विश्वभरिका कलाकार, फोटोग्राफर र दर्शकलाई दृश्य, कथा कथन र सांस्कृतिक अभिव्यक्तिबाट जोड्दै आएको छ ।

सुष्मा आर्ट ग्यालरीसँगको सहकार्यमा बोर्डले १२ देखि १४ मंसिर २०८२ मा भृकुटीमण्डप परिसरमा फोटो नेपाल अन्तर्राष्ट्रिय समूह चित्रकला प्रदर्शनी आयोजना गर्दै छ ।

यस संस्करणमा ४५ भन्दा बढी नेपाली कलाकार सहित रुस, अमेरिका, बेलायत, जापान, भारत, बंगलादेश र घाना लगायत अन्तर्राष्ट्रिय सहभागी समावेश छन् ।

उनीहरूको विविध कलाकृति नेपाली संस्कृति, प्राकृतिक दृश्य, आध्यात्मिकता, सहरी परिवर्तन र समसामयिकतामा आधारित छन् । यसले नेपाललाई कला पर्यटनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्न थप योगदान पुर्‍याउने समेत जनाइएको छ । प्रदर्शनी दैनिक बिहान १०:३० देखि अपराह्न ४स्:३० बजेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।

बोर्डले एक डिजिटल फोटो पोर्टल फोटो नेपाल पनि सञ्चालन गरिरहेको छ । जहाँ नेपालका सुन्दरता र विविधतालाई प्रतिबिम्बित गर्ने तस्बिर अपलोड र हेर्न सकिन्छ ।

हालसम्म यो प्ल्याटफर्ममा ११ हजारभन्दा बढी सदस्यका २५ हजारभन्दा बढी तस्बिर छन्, जसले नेपालको प्राकृतिक दृश्य, सांस्कृतिक सम्पदा, समुदाय र भावना सामूहिक रूपमा चित्रित गरेको छ ।

प्रसिद्ध स्विस भू-वैज्ञानीक डा. टोनी हेगनको फोटोग्राफी प्रदर्शनीसँगै फेब्रुअरी २०१६ मा सुरु भएको फोटो नेपाल अभियानले नियमित प्रदर्शनी मार्फत नेपालका प्राकृतिक, सांस्कृतिक र मानव आयाम विश्वसामु प्रस्तुत गरेर निरन्तर आफ्नो अभियान जारी राख्दै आएको छ ।