काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन् । नेताहरूले शनिबार बालुवाटारस्थित निवासमा प्रधानमन्त्री कार्कीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
भेटमा राप्रपाले मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि तत्कालीन राजा, राजनीतिक दल, जेन जेड लगायत पक्षधरबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ ।
राप्रपाका तर्फबाट अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री कार्कीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै नवीन समझदारीका लागि भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रधानमन्त्रीसँग भएको भेटमा राप्रपाले २०८४ मा हुने निर्वाचन २०८२ मा सार्नका लागि मात्र सरकार नबनेकोले आन्दोलनको जगलाई टेकेर राजनीतिक निकास निकाल्ने गरी काम गर्न आग्रह गरेको अध्यक्ष लिङदेनले बताए ।








