२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दद्वारा एमाले परित्याग गरेको घोषणा

अ+ अ-

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

एमालेको ११औँ महाधिवेशनका प्रतिनिधि छनोट गर्दा सर्वसम्मतको नाममा गुटगत चलखेल गरेको आरोप लगाउँदै गाउँपालिका अध्यक्षले चन्दले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘आजदेखि नेकपा एमाले बैतडी पार्टीको जिम्मा लिलाधर भट्टलाई तथा गाउँपालिका पार्टीको जिम्मा बिना भट्ट र रामसिंह पुजारालाई हस्तान्तरण गर्दै म आफू नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गर्दछु ,’चन्दले भनेका छन् ।

लिलाधर एमालेका केन्द्रीय सदस्य हुन् भने बिना एमालेबाटै विजयी गाउँपालिका उपाध्यक्ष तथा पुजारा वडाध्यक्ष हुन् ।

पार्टी परित्याग गरेका चन्द एमालेबाट पञ्चेश्वरको अध्यक्षमा २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए । त्यसअघि उनी शिक्षण पेशामा आबद्ध थिए ।

उनले लिलाधर र पूर्वमन्त्री दामोदर भण्डारीले आफूलाई प्रतिनिधि नै बन्नबाट रोक लगाएको आरोप लगाएका छन् ।

उनले आफूले प्रतिनिधिका लागि उम्मेदवारी दिए पनि सहमतिका नाममा आफ्नो नाम हटाइएको पनि बताएका छन् ।

‘यो पार्टीभित्रको चरम गुटबन्दी, चाकरी र झोले प्रथाले बेलाबेलामा उकुसमुकुस हुन्थ्यो,’ चन्दले भनेका छन्, ‘पार्टीभित्रको निरङ्कुशताकाविरुद्ध बेलाबेला लडिरहेँ । तर, सकेनँ ।’

एमाले बैतडीले विवाद जारी रहे पनि १५ जना सर्वसम्मत प्रतिनिधि छनोट गरिएको भन्दै शनिबार नै सूची सार्वजनिक गरेको थियो ।

खुलाबाट सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र बिष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारालाई छनोट गरिएको थियो ।

यस्तै महिला क्लस्टरबाट धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली प्रतिनिधि छनोट भएका छन् ।

यस्तै दलिततर्फ नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्कीलाई प्रतिनिधि छनोट गरिएको छ भने युवा क्लस्टरबाट गोविन्द गिरीलाई प्रतिनिधि छनोट गरिएको छ ।