काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेन जेड आन्दोलनमा जलेर अवशेषको रूपमा रहेका सामग्री लिलाममा बिक्री गर्ने भएको छ।
मन्त्रालयले तीन दिनभित्र १ हजार ९५५ रुपैयाँ नगद धरौटीसहित निवेदन दिनु सूचना जारी गरेको छ।
‘जेनजी समूहको आन्दोलनबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको आगजनीबाट जलेर नष्ट भई अवशेषको रूपमा रहेका फलामका एवं स्टिललगायतका पत्रु सामानहरू तथा तोडफोडबाट भएको मेशिनरी तथा फर्निचरका सामानहरू जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। मन्त्रालयले लिलाम बढाबढ आह्वान गरेको हो।
फलाम १२१६.५ केजी, कम्प्युटर मनिटरलगायतका ११७ केजी र कचरा ८४.४५ केजी लिलामी बिक्रीका लागि मन्त्रालयले सूचना जारी गरेको छ । मन्त्रालयले लिलाम बढाबढ हुने मूल्य ३९ हजार ८८ रुपैयाँ तोकेको छ ।
सूचना :








