२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीपी अर्यालको चेतावनी : ‘सरकारले रवि लामिछानेलाई नजरअन्दाज गर्‍यो भने टुलटुल हेरेर बस्दैनौँ’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्। 

रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अर्यालले यसअघिको सरकारले लामिछाने र रास्वपालाई लखेट्न खोजेको आरोप लगाए। ‘तत्कालीन सरकारले प्रतिसोध साँधेर लखेट्न खोज्यो। प्रहरी प्रशासनमाथि राजनीतिक गर्न कोसिस गर्‍यो। कुनै ठाउँ बाकी राखेन,’ उनले भने। 

अहिलेको सरकारले पनि तत्कालीन सरकारले जस्तो रवि लामिछाने र रास्वपालाई लखेट्न नखोज्न चेतावनी दिए। ‘यो सरकारलाई हामी टेको लगाइरहेका छौँ। टेको लगाउँछौँ,’ अर्यालले भने, ‘यो सरकारले रवि लामिछानेलाई, रास्वपालाई नजरअन्दाज गर्‍यो भने रास्वपाका तमाम शुभचिन्तक टुलटुल हेरेर बस्ने छैनन्।’

चुनाव गर्ने जिम्मेवारी पाएको सरकारले त्यसमै केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। आफ्नो म्यान्डेट अनुसार चल्न सरकारलाई आग्रह गर्दै अर्यालले भने, ‘सडकमा आउन बाध्य नपारियोस्। यो सरकारलाई शंका सुविधा दिँदै शान्तिपूर्ण चेतावनी पनि हो।’

विवेकशील साझासँग एकता गरेर रास्वपा ठूलो शक्ति बनेको उनको भनाइ थियो। यसलाई अझ बलियो बनाउन जेनजी समूहसँग पनि एकताको प्रयास भइरहेको उनले बताए। सभापति लामिछानेले पनि नयाँ शक्तिहरूसँग एकीकरण गर्दै जानुपर्ने सन्देश दिएको जिकिर गरे। 

‘विभिन्न व्यक्ति आउँदै छन्, समूह आउँदै छन्। सबैलाई एकीकृत गरेर अगाडि बढ्ने सन्देश दिनुभएको छ,’ रविको भनाइ उद्धृत गर्दै अर्यालले भने, ‘रविजीले कारागारमा बसेर कमजोर महसुस भएको छैन, राजनीतिमा आएर कुनै त्रुटि गरेको छैन भन्नु भएको छ।’

उनले विवेकशील साझाका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै रास्वपाको समाज परिवर्तनको अभियानलाई अगाडि बढाउन बल मिलेको बताए। अर्यालले भने, ‘निलो क्रान्तिले मूर्त रूप लिँदै गएको छ। हामी अझ बलियो भएका छौँ।’