२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाको दाबी : ‘विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका ल्याउने सहमति भएको चर्चा चुलिँदा महामन्त्री गगन थापाले भने विशेष महाधिवेशनको प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् ।

पार्टीभित्र विधानसम्मत ढंगले विशेष महाधिवेशनको माग भइसकेको हुँदा नियमित महाधिवेशनको तालिकाले मात्रै त्यसलाई निष्क्रिय पार्न नसक्ने महामन्त्री थापाको भनाई छ ।

‘विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेहरूलाई महाधिवेशन चाहिएको हो, तालिका होइन । नियमित महाधिवेशनको तालिका आउने तर महाधिवेशन नहुने स्थिति बन्यो भने विशेष महाधिवेशन हुन्छ’, थापाले नेपाल भने ।

उनले पुसभित्र नियमित महाधिवेशन गर्ने तालिका बने पनि महाधिवेशन हुने नहुने कुराको टुंगो पुसको पहिलो हप्ता नै लागिसक्ने भन्दै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन आयोजना हुने बताए ।

‘एउटा कुराको हेक्का राख्नुपर्छ विशेष महाधिवेशनको प्रस्ताव फिर्ता भएको छैन, हुँदैन । महाधिवेशनको तालिका बनाउने तर नगर्ने नियत हो भने अहिले भनेको सहमति पनि ५(७ दिनमा फुस्स हुन्छ’, थापाले भने ।

आइतबार सभापति शेरबहादुरसँग आफ्नो कुनै संवाद नभएको भन्दै थापाले अबको संवाद कार्यवाहक सभापतिसँग हुने बताए । ‘सभापतिले छलफल त सबैसँग गर्नुभयो । अब के गर्ने भन्ने त कार्यवाहक सभापतिको कुरा हो । उहाँले बैठकमा कस्तो प्रस्ताव ल्याउनुहुन्छ हेर्छौ । अब सभापतिसँग हैन कार्यवाहक सभापतिसँग मात्रै कुरा हुन्छ’, थापाले भने ।

काँग्रेस केन्द्रीय समितिको बैठक सोमबार बस्दै छ । सोमबारको बैठकमा पुसभित्र नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तयारी छ ।