२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि तयार रहन अपिल जारी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले सोमबार पारित गरेको कार्य तालिका अनुसार पुसभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि  तयार रहन उक्त प्रस्तावमा हस्ताक्षर गरेका प्रतिनिधिहरूले साझा अपिल जारी गरेका छन्।

पन्ध्रौँ महाधिवेशनको घोषणा विशेष महाधिवेशन मागकर्ताहरूको हस्ताक्षरको परिणाम भएको उल्लेख गर्दै अपिलमा भनिएको छ, ‘उक्त समयमा महाधिवेशन सम्पन्न नभए विशेष महाधिवेशनका लागि तयार रहन हार्दिकतापूर्वक आह्वान गर्न चाहन्छौँ।’

केन्द्रीय समितिले प्रस्ताव गरेको पुस २६–२८ को महाधिवेशन मितिपूर्व पार्टीका विभिन्न संरचनाका लागि विभिन्न चरणमा प्रस्ताव गरिएको कार्य तालिका प्रथम दृष्टिमै अव्यवहारिक र अवैज्ञानिक देखिएको अपिलमा उल्लेख छ। ‘हामीसँग समयको फराकिलो सुविधा छैन, न त घोषित मिति सार्ने कुनै नैतिक वा वैधानिक आधार नै छ। त्यसैले हामी स्पष्ट पार्न चाहन्छौँ, कुनै पनि बहाना वा अवस्थामा अधिवेशनका श्रृंखला अवरुद्ध गरिए वा भए असोज २९ मा दर्ता गरिएको विशेष महाधिवेशनको प्रस्ताव अझै जीवित छ र विधान बमोजिम पूर्ण रूपमा कार्यान्वयन योग्य छ, ’अपिलमा भनिएको छ।

‘पुस २८ मा महाधिवेशन सम्पन्न हुने मिति तोकिरहँदा माघ मसान्तसम्म केन्द्रीय समितिको समयावधि थप्नुको उद्देश्य के हो ? यसले समयमै अधिवेशन सम्पन्न हुँदैन भन्ने संशयलाई आधार दिएको छ, ’अपिलमा छ, ’यसबीच हुने आमचुनावका विभिन्न सिफारिसको अवस्था के हुन्छ ? यसको निष्पक्षता र वैधताको आधार के हो ? हामीले यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ।’

नेपाली काँग्रेसका २,४८८ जना (कुल महाधिवेशन प्रतिनिधिको ५४.८ प्रतिशत) महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशन माग गर्दै लिखित कारण र हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए।

यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि पुस २६ देखि २८ गतेसम्म तोकिएको नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने बताएका थिए।