काठमाडौँ। मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । बिहान ८:३० बजेका लागि आह्वान भएको बैठक मुख्यमन्त्री सरोजकुमार यादव नआएपछि बस्न सकेको थिएन ।
प्रदेश सभा सचिवालयले विश्वासको मत लिन बुधबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको थियो । ढिलो गरी बैठक सुरु गरे पनि मुख्यमन्त्री यादवसहित एमाले सांसदहरू बैठकमा उपस्थित नभएपछि बैठक उपसभामुख बबिता कुमारी राउत ईशरले दिउँसो २ बजेसम्मका लागि स्थगित गरेकी हुन् ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशअनुरूप यादवले विश्वासको मत लिन लागेका हुन् ।







