२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलन : प्रहरी गोलीले लुट्यो बुढेसकालको सहारा

अ+ अ-

मुटुको टुक्राजस्तो छोरो जेनजेड आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा छोरोको कुरा गर्‍यो की रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा अझै ओभाएका छैनन् ।

काठमाडौँ । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्‍याएर फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो । जेनजेड आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ । बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढाई एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रूपमा स्थानीय रूपमा लोकप्रिय थिए ।

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजेड आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा छोरोको कुरा गर्‍यो की रसाउन थालिहाल्छ । पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन् । झापाको अर्जुनधारा नगरपालिका–११, बिर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमायाकोमा पुगेर घटनाका बारेका कुराकानी गर्न थालेपछि छोराको फोटो छातीमा राखेर उनले बिलौना गरिन्, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो । गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो । अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो ।

गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाइले दिउँसो घर फर्किएर बुबालाई औषधि लिन शनिश्चरे अस्पताल पुर्‍याएका थिए । बुबासँगै घर फर्किएर आमा र बुबासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किएका थिए । त्यस दिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारमा निस्किएका थिए । त्यस क्रममा उनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । करिब दिउँसो २ः३० बजे गोली लागेको थियो भने ४ः०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो । छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उनका साथी रामचन्द्र भण्डारीको भनाइ छ । अहिले पनि गोपालको गाउँ शोकमा छ । गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुबाआमाका आँखाबाट आँसुहरू अझै पनि रोकिएका छैनन् ।

गोपालकी आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे । बिर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुःख पर्यो भनेर छरछिमेकले पनि दुःख व्यक्त गर्न छाडेका छैनन् । गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ । गाउँ–सहरका चोकमा उठ्ने प्रश्नहरू, आमाबुबाको आक्रोश, दिदीको पीडा र साथीहरूको मौनता–सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो ।

नेपालभर असुरक्षा, भय र पश्चात्ताप फैलिएको त्यो समयमा अर्जुनधारा–११ को यो बस्ती भने शोकमा डुबेको थियो । दुःखद् घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्छिन्, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो । आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो । बेलुका फर्किन्थ्यो । मलाई आमा के खानुभयो भनेर सोध्यो । अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो।।।। बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो ।”

आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उनले दिएको महत्त्व स्पष्ट झल्किन्छ । अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहनाबमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ । नेपाल सरकारले जेनजेड आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ ।

गोपालका ८३ वर्षीय बुबा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो रु” भन्ने प्रश्नको जवाफ खोजिरहेका छन् । गोपालका बुबा धनपतिले पुरानो घर देखाउँदै भने, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो । यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नको लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो । हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ । अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो । सबै चकनाचुर भयो ।”

गोली लागेर छोरो कहिले नफर्कने गरी आफूहरूलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ । छोराको नाम लिनासाथ स्वर भारी हुने उल्लेख गर्दै उनले भने, “उ त भीडको बीच नारा लगाउँदै हिँडेको रहेछ । प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे । सँगै भएका साथीहरूले बिएनसी अस्पताल पुर्‍याएछन् तर गोपाल फर्किएन।।।।”
यो आन्दोलनले राजनीतिक दलहरूलाई भन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उनको बुझाइ रहेको छ । “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन ।” बुबाको यो पीडा केबल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र–प्रशासन र सुरक्षा निकायहरूलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ ।

गोपालकी दिदी तुलसा उनलाई भाइभन्दा बढी साथीका रूपमा सम्झिछिन् । “म रिसाउँदा हाँसेर सम्झाउँथे । म भन्थेँ, समाज बदल्नुपर्छ । संसार यस्तै हो । तर उनी भन्ने गर्थे, ‘‘हामीले नै बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन ।” आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन् ।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएकामा असन्तोष जनाए। उनले भने, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केबल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो । हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ ।”

सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरूको समूह नै भत्किएको बताउँछन् । गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउँछन् । “हामी साथीभाइहरू सधैँ बिर्तामोडका चिया र कफी पसलमा भेट्थ्यौँ । अनि सचेत युवा समाज र आगामी आन्दोलनकाबारेमा कुरा गथ्र्यौं । गोपाल सधैँ भन्ने गर्थे, “हिंसा नगरौँ, आवाज बुलन्द गरौँ । तर विडम्बना उनैले हिंसाको प्रत्यक्ष शिकार भएर ज्यान गुमाउनुपर्‍यो” उनले भने ।

सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार थिए । आफ्नो धारणा स्पष्ट राख्ने र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो । अर्का साथी माधव झा गोपालको मृत्युले युवापुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउँछन् । ‘मिसन बिर्तामोड’ अभियान चलाउने झा गोपालसँग धेरै नजिकमा नभए पनि भेटघाटमा देश बनाउने अभियानकै कुरा गरेको सुनाए । “उनको मृत्युपछि बिर्तामोड र अर्जुनधारा शोकमा डुबेको छ । आवाज दमन गर्ने कि आवाज उठाउने भन्ने उनको मृत्युले अब हाम्रो पुस्तालाई सशक्त रूपमा आवाज उठाउन बल दिएको छ” उनले भने ।

माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको छ । अधिकारका लागि जिम्मेवार भएर उठ्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ । अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केबल एक परिवारको दुःख होइन, आफ्नो सिङ्गो वडाको दुःख भएको बताउँछन् । पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उनको भनाइ छ ।