२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलान्यास

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माण शिलान्यास गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धार्मिक वन रहेको वीरेन्द्रनगर नगरपालिका–११ स्थित चारकुने क्षेत्रमा उक्त भवन शिलान्यास गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री कँडेलले मानव सेवा आश्रम चारकुने क्षेत्रको पहिचान देशभरमा जोडिने हुँदा सामुदायिक सहभागिता र सहयोगका लागि आग्रह गरे । उनले मानव सेवा स्थल निर्माणले सामाजिक सद्भाव र एकता कायम हुने विश्वास व्यक्त गरे ।

“वीरेन्द्रनगर चक्रपथ निर्माणको काम प्रक्रियामा रहेको छ र थप कार्यका लाग मैले नियमित पहल गरिरहेको छु”, उनले भने, “आश्रमको भवन निर्माण कार्य गुणस्तरीय र निश्चित समयमै सम्पन्न गर्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । भवन निर्माणका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्न प्रतिबद्ध छु ।”

सामाजिक विकासमन्त्री भण्डारीले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको स्मरण गर्दै कर्णालीको भूगोलअनुरूप अन्य जिल्लामा समेत आश्रम निर्माण गरिने बताए । सरकारी घोषणालाई कार्यान्वयन गर्न सबैको उत्तिकै भूमिका रहेको भन्दै उनले मानवता प्रवर्द्धन र सेवाका निम्ति प्रदेश सरकारले भवन निर्माणजस्ता पूर्वाधार संरचनाका कार्यलाई पनि प्राथमिकतामा राखेको जनाए ।

मानव सेवा आश्रम कर्णाली विकास समिति संयोजक डा नवराज केसीले भवन निर्माणका लागि महायज्ञमार्फत दान संकलन गरिएको जनाउँदै यसको सही सदुपयोगका लागि सबैको सहकार्य र एकता आवश्यक रहेको बताए । आश्रमको भवन निर्माण कार्य निर्धारित मितिमै सम्पन्न गर्न सरोकारवालाहरूलाई उनले सहयोग गर्न अपिल गरे ।

भवन निर्माण स्थल नजिकैको क्षेत्रमा धार्मिक पार्क निर्माण गरिदिन मुख्यमन्त्री र मन्त्रीलाई आग्रह गर्दै उनले ज्येष्ठ नागरिकका लागि सामुदायिक भावनासहितको मनोरञ्जनात्मक स्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको संयोजक डा. केसीको भनाइ थियो । उक्त कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले प्रदेश सरकारको सहयोगले सहयोगापेक्षी सडक मानव र मानवता प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

प्रदेश सरकारबाट निर्माण हुने प्रदेश उक्त भवनको लागत अनुमान रु. दुई करोड ५० लाख रहेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकारबाट रु. एक करोड ५० लाख बजेट विनियोजन गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।