२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतमा ‘तिला कर्णाली’ प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि उद्योग शील

अ+ अ-

सुर्खेत । प्रशोधित पिउने पानीको बोतलमा फोहोर र किरा भेटिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिरेन्द्रनगर-२ स्थित ‘तिला कर्णाली’ पानी प्रशोधन उद्योग शील गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा उपभोक्ताले फोहोर बोतलसहित उजुरी दिएपछि खाद्य कार्यालयसहितको संयुक्त टोलीले उद्योगमा गरिएको जाँचमा धेरै कमजोरीहरु रहेकोसमेत फेला परेको छ।

जसमा फिलिङ च्याम्बरको कभर भाँचिएको, माइक्रो फिल्टरबाट पानी चुहिएको, प्रशोधन कक्षमा अनावश्यक सामान थुपारिएको र कीट नियन्त्रणका मापदण्ड उल्लंघन गरिएको देखिएको छ। त्यसैगरी, वन वे फ्लो प्रणाली पालना नगरिएकाले उत्पादन गरिएको पानीले मानव स्वास्थ्यमा जोखिम पुर्याउने अवस्था रहेको भन्दै तत्काल उद्योगको उत्पादन र बिक्री–वितरणमा पूर्ण रोक लगाइएको छ।

कार्यालय प्रमुख सन्तोष दाहालका अनुसार, कुच्चिएका १४ थान १९ लिटरका जारहरू नष्ट गर्ने, फिलिङ च्याम्बर र माइक्रो फिल्टर मर्मत गर्ने, प्रशोधन कक्ष सफा गर्ने र कीट नियन्त्रणका उपायहरू कडा रूपमा अपनाउने निर्देशन दिइएको छ।

निर्देशिका २०७५ का मापदण्ड पालना नभएसम्म उद्योगलाई शील गरी उत्पादनमा रोक लगाइने निर्णय समेत गरिएको छ।