२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगदानमा आधारित पेन्सन अयोग्य कर्मचारीले नपाउने

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा पनि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागु भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण लागु गरेको हो ।

केन्द्रीय बैंकले विनियमावलीमा नियम ११७ क थप गर्दै योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ । विनियमावली अनुसार २०८२ साउन १ गते पछिको विज्ञापनबाट खुला प्रतियोगिताद्वारा बैंक सेवामा प्रवेश हुने कर्मचारीलाई यस विनियममा व्यवस्था भए बमोजिम योगदानमा आधारित निवृत्तिभरण प्रदान गरिने छ । योगदानमा आधारित निवृत्तिभरण दिने प्रयोजनका लागि छुट्टै कोषमा लेखांकन गरिने विनियमावलीमा उल्लेख छ ।

त्यसैगरी संशोधित विनियमावलीमा कर्मचारीको मासिक तलबबाट छ प्रतिशतले हुन आउने रकम कट्टा गरी बैंकको तर्फबाट सो कट्टा भएको रकमको शत प्रतिशत रकम थप गरी जम्मा गरिने उल्लेख छ ।

बीस वर्ष वा सोभन्दा बढी समयसम्म बैंकको स्थायी सेवा गरी अवकाश पाएका कर्मचारीले मासिक निवृत्तिभरण पाउने छन् । निवृत्तिभरण पाउन योग्य कर्मचारीले निजको नाममा जम्मा भएको रकम, ब्याज र मुनाफा समेत एकमुष्ट रकम लिने वा निवृत्तिभरण लिने सम्बन्धमा कर्मचारीले वा निजको मृत्यु भएमा निजको हकवालाले छनौट गरे बमोजिम कुनै एक प्रदान हुने व्यवस्था गरिएको छ ।

योगदानमा आधारित निवृत्तिभरण पाउने कर्मचारी निवृत्तिभरण पाउने समयावधि अगावै जुनसुकै कारण बैंक सेवाबाट अलग भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत एकमुष्ट रकम उपलब्ध हुने व्यवस्था छ । २०८२ साउन १ गते पछि खुला तर्फको विज्ञापनबाट नियुक्त हुने कर्मचारीको हकमा विनियमावलीको उपदान सम्बन्धी व्यवस्था लागु हुने छैन ।

तर, भविष्यमा बैंक सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीको हकमा निजको तलबबाट कट्टा गरिएको रकम तथा उक्त रकममा प्राप्त भएको ब्याज मात्र उपलब्ध हुने विनियममा उल्लेख छ ।

कुनै कर्मचारीको पारिवारिक निवृत्तिभरण पाउने समयावधि अगावै मृत्यु भएमा निजको नाममा जम्मा भएको रकम ब्याज र मुनाफा समेत इच्छाइएको व्यक्तिले एकमुष्ट पाउनेछ । मृत्यु भएको कर्मचारीले कसैलाई इच्छाएको नभएमा वा इच्छाएको व्यक्तिको समेत मृत्यु भइसकेको अवस्थामा कानुन बमोजिम निजको हकवालालाई त्यस्तो रकम उपलब्ध हुनेछ ।

राष्ट्र बैंक कर्मचारीलाई निवृत्तिभरण उपलब्ध गराउने कार्यलाई सहज तथा दिगो बनाउन बैंकले कोषमा बीमाङ्गीय मुल्यांकनको आधारमा नपुग हुने रकम समय समयमा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा छ ।