बागलुङ । ताराखोला गाउँपालिका-५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुंगाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएको छ ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुंगा निकाल्दा अचानक ढुंगा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजंग थापाले जानकारी दिए।
घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा ल्याइएको उनले बताए।







