२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनमा खटिने स्वयंसेवकलाई विशेष तालिम दिँदै एमाले

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा खटिने स्वयंसेवकहरूलाई विशेष तालिम दिइँदै छ । ‘स्वयंसेवक व्यवस्थापन अन्तर्गत विशेष तालिम (ओरिएन्टेसन) दिएर टोली तयार गर्दै छौँ’, एमाले नेतृ सुनिता बरालले जानकारी दिइन् ।

एमालेको महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुँदै छ । बन्द सत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

बरालका अनुसार महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । महाधिवेशनमा स्वयंसेवक भने १० हजार परिचालित हुँदै छन् ।

स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।

सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्ला चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।

उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिएको बरालले जानकारी दिइन् ।

उनी भन्छिन्, ‘मञ्च व्यवस्थापन र बाहिरबाट आउने सहभागीहरूका लागि सडकको ‘मेन लेन’ सुचारु राखेर ‘साइड लेन’ बाट सहज पहुँच सुनिश्चित गर्ने काममा स्वयंसेवकहरू परिचालन हुनेछन् ।’

उनका अनुसार उद्घाटन सत्रमा लाखौँको संख्यामा उपस्थिति गराउने तयारी छ । बागमती प्रदेशका अधिकांश जिल्लाहरूबाट र देशभरबाट पनि ठूलो संख्यामा एमालेका हरेक सदस्य, शुभचिन्तकलाई सहभागी गराइँदै छ । उनी भन्छिन्, ‘उद्घाटन सत्रमा सहभागीहरूलाई पचासौँ हजार संख्या गन्नलाई पुग्छ भन्ने हाम्रो अनुमान छ ।’

उनका अनुसार महाधिवेशनको उद्घाटन सल्लाघारीको खुला चौरमा दिउँसो ठिक १ बजे सुरु गर्ने तयारी छ ।

मञ्च व्यवस्थापन समितिले आफ्नो काम अब सम्पन्न हुने चरणमा छ। बन्द सत्रको हल भने प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपको खाली ठाउँमा पार्टिसन गरेर बनाउने तयारी छ ।

बन्द सत्र मूलतः निर्वाचनसँग सम्बन्धित काममा केन्द्रित हुने भएकाले निर्वाचनका लागि सहज हुने खालको हल र कार्यकक्षहरू बनाइँदै छ ।

उद्घाटन सत्रमा भने स्टेज बनाउने र स्टेजसँगको एउटा निश्चित दूरी पछाडि सहभागीहरू बस्ने व्यवस्था गरिँदै छ । स्टेजको दुई तर्फबाट पार्टीका नेताहरू आवतजावत गर्नेछन् । पार्टी सचिवालयको आगामी बैठकले स्टेजमा पार्टीको को(को नेताहरू बस्ने र अरू बाहिरबाट बोलाएका अतिथिहरूलाई कसरी राख्ने भन्ने निर्णय नै गर्छ ।

पार्टीले बनाएको अतिथि सत्कार समितिले आउने अतिथिहरूलाई एउटा निश्चित ठाउँबाट ‘रिसिभ’ गर्ने र मञ्च सम्म पुर्‍याउने र आसन ग्रहण गराएर फर्किने तयारी गरिएको छ ।