२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल पञ्चांग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी

अ+ अ-

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । पन्थीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट नियुक्ति पत्रसमेत लिएका छन् । 

आचार्य पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय संघसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दु महासंघलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।

पन्थीले नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिवसमेत हुन ।

नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुने गरी आफूले कार्यसम्पादन गर्ने बताए।  यसअघि पञ्चांग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्रा. डा. नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसकेका छन् ।