२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ सचिवहरूको सरुवा, मन्त्रालय तथा निकायको जिम्मेवारी फेरबदली

अ+ अ-

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना सचिवहरूको व्यापक सरुवा गरेको छ।

प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (अतिरिक्त) मा रहेका सचिव कमल पोखरेललाई तथ्यांक कार्यालयमा सरुवा गरिएको छ। त्यस्तै, तथ्यांकका सचिव मधुसुदन बुर्लाकोटीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाइएको छ। उद्योग मन्त्रालयका सचिव कृष्ण राउतलाई निर्वाचन आयोगमा खटाइएको छ भने निर्वाचन कार्यालयका सचिव महादेव पन्थलाई अतिरिक्तमा सारिएको छ।

खानेपानी मन्त्रालयकी सचिव प्रमीला देवी बज्राचार्यलाई नेपाल ट्रस्टको कार्यालयतर्फ सरुवा गरिएको छ। यता, नेपाल ट्रस्टका सचिव रामआधार साहलाई पुनः खानेपानी मन्त्रालयमा सचिवका रूपमा जिम्मेवारी तोकिएको छ।

त्यसैगरी, वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रकुमार मिश्रलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ भने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयतर्फ खटाइएको छ।

आज सरुवा गरिएका मध्ये केही विवादित सचिव पनि रहेका छन्।