काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
बिहीबार आयोगले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मधेश प्रदेशका उपसचिव अवधकिशोर प्रसाद कुशवाहाविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
कुशवाहासहित अन्य प्रतिवादीहरूले गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।








