२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिमण्डल विस्तार हुँदै, आज चार नयाँ मन्त्रीको सपथ

अ+ अ-

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ मन्त्रीहरूको नियुक्ति प्रक्रिया सुरु भएको छ ।

काठमाडौँ । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ ।

प्रशासन सिंहदरबार विशेष ब्यूरोलाई प्राप्त जानकारीअनुसार आज चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ ।

हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् । परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेका छन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषदमा हाल रामेश्वर प्रसाद खनाल अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, ओमप्रकाश अर्याल गृह मन्त्री, अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन् । यस्तै महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

केही मन्त्रीहरूलाई महत्वपूर्णसहित तीनवटासम्म मन्त्रालयको जिम्मेवारी दिइएको छ भने प्रधानमन्त्री स्वयंले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी छन् । मन्त्रालयको अत्यधिक कार्यभारका कारण कतिपय कामकारबाही अपेक्षित रूपमा चुस्त हुन नसकेको गुनासो पनि उठ्दै आएको छ । आज नियुक्त हुने नयाँ मन्त्रीको नामावली भने गोप्य नै राखिएको छ ।

जेन जेड आन्दोलन सुरु भएको करिब तीन महिना पुग्न लाग्दा प्रधानमन्त्री कार्कीको नेतृत्वमा शुक्रबार सरकार पाँचौँ पटक पुनर्गठन हुन लागेको हो । २०८२ भदौ २७ गते गठन भएको सरकार भदौ ३०, असोज ६ र कार्तिक ९ गते गरी चार पटक विस्तार भइसकेको छ ।