२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पम्फा भुसालको दाबी : ‘फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ’

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधि सभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरेकी हुन् ।

नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन । 

निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेतृ भुसालले भनिन्, “जेन(जी आन्दोलनपश्चात् देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताइन् । कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गरिन् । 

सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उनले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गरिन् । पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्‍याउनु पर्ने बताइन् ।