२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता जारी 

अ+ अ-

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । 

वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र नागरिक बचाउ अभियानका तर्फबाट प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन् । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको सञ्चार मन्त्रीको सचिवालयले जनाएको छ ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो । विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो । 

कानुन मन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चार मन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन् । उक्त समितिअन्तर्गत राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न सञ्चार मन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरिरहेको छ ।