२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्तीय व्यवस्थापन तथा विकेन्द्रित सेवा प्रवाह सुदृढीकरण कार्यक्रम (सब-प्रोग्राम-२) का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गरिएको छ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा भएको सम्झौताअनुसार एसियाली विकास बैंकले नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराउनेछ। उक्त ऋणको ग्रेस अवधि ८ वर्ष र भुक्तानी अवधि २४ वर्ष रहनेछ। सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि कायम रहने यस ऋणमा ग्रेस अवधिसम्म १ प्रतिशत ब्याजदर र त्यसपछि १.५ प्रतिशत ब्याजदर लागू हुनेछ।

ऋण सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे । 

समारोहको प्रारम्भमा सहसचिव डा. धनीराम शर्माले मन्तव्य व्यक्त गर्दै यो कार्यक्रम नेपालको खर्च व्यवस्थापन, सार्वजनिक वित्तीय प्रणाली सुदृढीकरण तथा अन्तरसरकारी स्रोत व्यवस्थापन सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको बताए । 

सम्झौतामा हस्ताक्षरपछि देशीय निर्देशक आनो कुश्वा र अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै नेपाल सरकार र एसियाली विकास बैंकबीचको सहकार्यलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

यस कार्यक्रमले सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमार्फत सेवा प्रवाहलाई मजबुत बनाउने, वित्तीय अनुशासन कायम राख्ने, बजेट निर्माण र खर्च व्यवस्थापन सुधार गर्ने, स्थानीय सरकारलाई थप सबल बनाउने तथा समग्र विकासका नतिजालाई परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा अर्थ मन्त्रालय तथा एसियाली विकास बैंकका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।