२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका ६ उपरथीको सरुवा

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका पृतनापतिसहित ६ जना उपरथीको सरुवा गर्ने निर्णय गरेको हो। 

सरकारको निर्णयसँगै पश्चिम पृतना पोखरा, मध्यपश्चिम पृतना बुटवल र मध्य पृतना हेटौँडाका पृतनापतिहरू हेरफेर भएका छन्। पश्चिम पृतनाका पृतनापति मधुकरसिंह कार्कीको सैनिक मुख्यालय जंगी अड्डामा सरुवा भएको छ। 

पश्चिम पृतना पोखरामा उपरथी भोलानाथ थापालाई सरुवा गरिएको छ। थापा यसअघि निरीक्षणाधिकृत जंगी अड्डामा कार्यरत थिए। 

त्यस्तै, मध्य पृतना हेटौँडाका पृतनापति हरेन्द्र पाठक प्रबन्ध रथी विभाग जंगी अड्डामा सरुवा भएका छन्। 

पाठकको सरुवासँगै अब पृतनाको जिम्मेवारी उपरथी विष्णुकुमार खड्काले पाएका छन्। खड्का यसअघि जंगी अड्डामा अतिरिक्त समूहमा थिए। 

यस्तै मध्यपश्चिम पृतना बुटवलका पृतनापति प्रेमबहादुर पुनको पनि सरुवा भएको छ। पुनलाई जंगी अड्डा सरुवा गर्दै उपरथी हिम्मतबहादुर विष्टलाई मध्यपश्चिम पृतनामा खटाइएको छ। विष्ट स्टाफ कलेज शिवपुरीमा कार्यरत थिए।