२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छड्के निरीक्षणका क्रममा १८ वटा कार्यालयका ७२ कर्मचारी कारबाहीमा

अ+ अ-

जनकपुरधाम । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश राजधानी जनकपुरधामस्थित विभिन्न सरकारी कार्यालयहरूमा कर्मचारीको उपस्थिति र तोकिएको पोषाकसम्बन्धी छड्के निरीक्षण गर्दा १८ वटा कार्यालयका ७२ जना कर्मचारी कारबाहीमा परेका छन्।

निमित्त प्रदेश प्रमुख सचिव रामकुमार महतोका अनुसार सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र अनुशासित बनाउनुपर्ने अवस्थामा कर्मचारीहरू कार्यालय समयमा अनुपस्थित रहने तथा तोकिएको पोषाक नलगाउने गुनासो आएपछि छड्के निरीक्षण गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा मिति २०८२/०९/०१ र ०२ गते गरिएको निरीक्षणमा पहिलो दिन ४८ जना र दोस्रो दिन २४ जना गरी कुल ७२ जना कर्मचारी कारबाहीमा परेका हुन्। निरीक्षणको दायरामा जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालय परेका थिए।

कारबाहीमा परेका कर्मचारीहरू प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, कृषि ज्ञान केन्द्र, प्रदेश वन निर्देशनालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विकास केन्द्र, प्रदेश लेखा नियन्त्रक कार्यालय तथा जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा कार्यरत रहेका छन्।

कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन्। पदगत रूपमा उपसचिव सरहका २ जना, शाखा अधिकृत सरहका ४१ जना, नायब सुब्बा सरहका १६ जना, खरिदार सरहका ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन्।

पूर्वस्वीकृति बिना अनुपस्थित रहेका कर्मचारी ३४ जना रहेको पाइएको छ, जसमा २२ जना पुरुष र १२ जना महिला छन्। यस्तै, तोकिएको पोषाक नलगाएका ३८ जना भेटिएका छन्, जसमा ३३ जना पुरुष र ५ जना महिला रहेका छन्। दुई जना कर्मचारी कार्यालयमा उपस्थित भए पनि हाजिर नगरेको र तोकिएको पोषाक नलगाएको अवस्थामा फेला परेपछि उनीहरूलाई पनि कारबाही गरिएको छ।

छड्के निरीक्षणका क्रममा पशु सेवा तालिम केन्द्रका कर्मचारी भने हाजिर र तोकिएको पोषाकमा उपस्थित रहेको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वस्वीकृति बिना अनुपस्थित रहेका तथा तोकिएको पोषाक नलगाएका कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरी सम्बन्धित निकायमा कर्मचारी विवरणसहित पत्राचार गरिएको जनाएको छ।

कार्यालयले छड्के निरीक्षणलाई निरन्तरता दिँदै मधेश प्रदेशका बाँकी सात जिल्लामा समेत निरीक्षण टोली खटाइने बताएको छ। आगामी दिनमा हाजिरी र पोसाकसँगै सेवा प्रवाह तथा विकास निर्माण कार्यको समेत निरीक्षण र अनुगमन गरिने जनाइएको छ।